नेपाल र वेस्ट इन्डिज ‘ए’बिचको चौथो खेल आज



काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबिचको ट्वान्टी–२० शृङ्खलाको चौथो खेल आज हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २-१ ले अगाडी रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो । नेपालले सिरिजको पाँचौँ तथा अन्तिम खेल मे ४ मा हुने छ ।

प्रतिक्रिया दिनुहोस्