धादिङमा घर जल्दा दम्पतीको मृत्यु



काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका९५, गैरीखर्कमा आगलागीमा परी एक दम्पतीको मृत्यु भएको छ । गएराति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै ज्यान गएको हो ।

गएराति साढे ११ बजे प्रहरीले आगलागीको खबर पाएको थियो । नजिकको हाप्सेचौर अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली पुग्दा घर पूरै जलिरहेको थियो । राति साढे १२ बजे आगो निभाइएको थियो । भित्र हेर्दा दुई जनाको मृत्यु भएको देखियो प्रहरीले जनाएको छ ।

आगोमा जलेर अन्न, लत्ताकपडा, मकै पिस्ने मेसिन लगायत सबै जलेको छ । धनमाल क्षतिको विवरण सङ्कलनका लागि इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्