वेस्ट इन्डिजले नेपाललाई २१० रनको लक्ष्य दियो



काठमाडौँ। आन्द्रे फ्लेचर र जोनसन चार्ल्सको अर्धशतकसँगै वेस्ट इन्डिज ‘ए’ नेपाललाई २१० रनको  विशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको हो।

वेस्ट इन्डिजका फ्लेचरले  अविजित रहँदै सर्वाधिक ८४ रन बनाए। ५४ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे। ३० बल खेलेका चार्ल्सले ३ चौका र ६ छक्कासहित ५८ रन बनाए। यस्तै, फेबियन एलेन ३३ रनमा अविजित रहे।

नेपालका कुशल भुर्तेलले सर्वाधिक २ विकेट लिए। प्रतिश जीसीको नाममा १ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्