सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको ह्विप



कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको नागरिक उन्मुक्ति पार्टी समूहले निर्देशन जारी गरेको छ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रवार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् । नाउपामा रेशम र रञ्जिता पक्ष समूहमा सांसदहरू विभाजित छन् । रेशम पक्षका ५ र रञ्जिता समूहमा २ सांसद रहेका छन् ।

मुख्यमन्त्री सोडारीले शुक्रवार विश्वासको मत लिने कार्यक्रम रहेको छ । तर सत्ता साझेदार दलबिच नै विश्वासको मतबारे एकरूपता छैन । सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी र टीका थापा कृषि मन्त्री रहेका छन्  ।

438158182_358466720554142_8452998876764964406_n

प्रतिक्रिया दिनुहोस्