कोलकत्ताको मुम्बईविरुद्ध जित



काठमाडौँ । कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम डेभिडले २० बलमा २४ रन जोडे । अन्य ब्याटर भने चल्न सकेनन् ।

कोलकत्ताका लागि मिचेल स्टार्क एक्लैले ४ विकेट लिए । यस्तै वरुण चक्रवर्ती, सुनिल नरिन र आन्द्रे रसेलले समान २-२ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकत्ता लब्ज १९.५ ओभरमा अलआउट हुँदै १६९ बनायो । कोलकत्ता भेन्कटेश ऐयरले ५२ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ७० रन बनाए । मनिष पाण्डेले ३१ बलमा ४१ रन जोडे । कोलकत्ताको पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन भने गर्न सकेनन् ।

मुम्बईका नुवान थुसरा र जस्पृत बुम्राहले समान ३-३ विकेट लिए भने हार्दिक पन्ड्याले २ तथा पियुस चावलाले १ विकेट लिए । जित लागि कोलकत्ता १० खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई भने ११ खेलमा ६ अङ्क सहित नवौँ छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्