नेपालले टस हार्‍यो, पहिला बलिङ गर्ने



काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ ले ५ टी–२० शृंखलाअन्तर्गत अन्तिम तथा पाँचौँ खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्।

बिहीबार नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिजले एक खेलअगावै शृङ्खला ३९१ ले जितिसकेको छ। शृङ्खलामा नेपालको यो लगातार तेस्रो हार हो।  नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले शृङ्खलाको अन्तिम खेलमा जित्नको लागि खेल्ने बताएका छन्।

गत शनिवार सम्पन्न पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछयाएको नेपालले १९।४ ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो।

आइतबार सम्पन्न दोस्रो खेलमा पनि नेपाल १० रनले पराजित भएको थियो। वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनाएको थियो। बुधवार सम्पन्न तेस्रो खेलमा घरेलु टोली नेपाललाई ७६ रनले पराजित गर्दै वेस्ट इन्डिजले शृङ्खलामा २९१ को अग्रता बनाएको थियो।

वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन मात्रै बनाउन सक्यो।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृङ्खला खेलिरहेको हो। उक्त शृङ्खलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।

प्रतिक्रिया दिनुहोस्