भंगहा-जनकपुर-जयनगर रेल सेवा आजदेखि ३ दिनका लागि बन्द



काठमाडौँ ।  भंगहा-जनकपुर-जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ । भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावलाई लिएर नेपाल भारत सीमा क्षेत्र शनिवार रातिदेखि तीन दिनका लागि सिल हुँदा रेल सेवा बन्द हुन लागेको हो । नेपाल रेल्वे कम्पनीले एक सूचना जारी गर्दै मङ्गलवारसम्म रेल सेवा बन्द रहने जानकारी गराएको हो ।

‘‘मिति २०८१/०१/२३ गते आइतबारदेखि २०८१/०१/२५ गते मङ्गलवार सम्म ३ (तीन) दिनको लागि भंगहा९जनकपुर जयनगर खण्डमा सञ्चालित रेल्वे सेवा पूर्ण रूपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ,’ सूचनामा उल्लेख छ । आगामी बुधवारदेखि साबिक बमोजिम नियमित सेवा सञ्चालनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्