लखनउलाई पराजित गर्दै कोलकाता शीर्ष स्थानमा उक्लियो 



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई सहजै पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लखनउलाई उसकै मैदानमा ९८ रनले पराजित गर्दै कोलकाता अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

११ खेलबाट कोलकाताले १६ अङ्क जोडेको छ । एक कम खेलेको राजस्थान रोयल्सको पनि १६ अङ्क भए पनि रनरेटका कारण पछि परेको छ । कोलकातासँग हारेको लखनउ १२ अंकका साथ पाँचौ स्थानमा छ ।

कोलकाताले दिएको २३६ रनको लक्ष्य पछ्याएको लखनउ १६.१ ओभरमा १३७ रनमै अलआउट भयो । मार्कस स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कप्तान केएल राहुलले २५, एस्टन टर्नर १६, आयुश बदोनी १५ रन र निकोलस पुरनले १० रन बनाए ।

कोलकाताका हर्षित राना र वरुण चक्रवर्तीले तीनरतीन, आन्द्रे रसले २, सुनिल नारायण र मिचेल स्टार्कले एकरएक विकेट लिए । पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर २३५ रन बनाएको थियो । सुनिल नारायणले विस्फोटक ब्याटिङ गर्दै ३९ बलमा ८१ रन बनाए । अंगकृष रघुवंशी र फिल साल्टले ३२/३२, कप्तान श्रेयर ऐयरले २३, रमनदीप सिंहले २५ जोडे । लखनउका लागि नवीन उल–हकले तीन तथा यश ठाकुर, रवि विश्नोई र युधवीर सिंहले एकरएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्