सन्दीप लामिछाने महत्त्वपूर्ण सम्पत्ति भन्दै विश्व नम्बर वान बलरले जोगाउन गरे सबै नेपालीलाई अपिल



काठमाडौँ । एसोसिएटका नम्बर वान बलर बिलाल खानले नेपाल क्रिकेटर सन्दीप लामिछानेलाई षडयन्त्रपूर्वक फसाईएकाले सबै नेपालका समर्थक मिलेर उनको उद्धार गर्न अपिल गरेका छन् । जिल्ला अदालतबाट लामिछाने दोषी ठहर भए पनि जिल्ला अदालतको फैसलालाई ट्रायलका रूपमा मान्दै उच्चमा पुनरावेदन दिएका सन्दीपको मुद्दालाई प्रभावित गर्न अनेक व्यक्तिले षड्यन्त्र गरिरहेको सन्दीपको गुनासो छ ।

बिलाल खान एसोसिएटका नम्बर वान तीब्र गतिका बलर हुन् । स्पिन बलरमा भने लामिछाने विश्वमै पहिलो नम्बरमा छन् । लामिछाने गम्भीर मानसिक अवस्थाबाट गुज्रिरहेको जानकारी पाएपछि उनले लामिछानेलाई सबै समर्थक मिलेर यो अवस्थामा आफ्नो महत्त्वपूर्ण सम्पत्ति जोगाउन अपिल गरेका छन् । लामिछाने पछिल्लो समय निकै नकारात्मक अवस्थाबाट गुज्रिरहेका छन् ।

उनको पक्षमा केही समर्थक बाहेक कसैले आवाज उठाएका छैनन् । क्यानले त निलम्बन गरेर कुनै पहल नगरी बसेको छ । विदेशी क्रिकेटरहरू लामिछानेलाई षडयन्त्रपूर्वक फसाइएको खुलासा सतहमा आएपछि लामिछानेको पक्षमा खुलेका छन् । उनीहरू लामिछाने जस्तो क्रिकेटर खेलमा फर्किनुपर्ने भन्दै भगवान्सँग प्रार्थना गरिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्