सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ



काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पोखराले सामूहिक बलात्कारको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरूलाई बिहीबार सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा चन्द्रबहादुर थापा, कृष्ण रानाभाट र विनोद परियार छन् ।

उनीहरूले वैशाख २४ गते राति पोखरा महानगरपालिका–१०, अमरसिंहमा खाजा खान जाने बहानामा ललाइफकाई एक जना महिलाला ई पार्किङमा रहेको गाडीमा लगेर सामूहिक करणी गरेको आरोप प्रहरीले लगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खाजा खान जाम भनेर ललाइफकाई बियरसमेत खुवाएर अमरसिंह मैदानमा पार्किङ गरिराखेको गाडीमा करणी गरेको अवस्था सीआरबीले फेला पारेको हो ।’

प्रहरीका अनुसार उनीहरूलाई वैशाख २५ गते बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कास्कीबाट करणीसम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्