बङ्गलादेशको ट्रेनर लडाकु विमान नदीमा खस्यो, पाइलटको मृत्यु



काठमाडौँ । बङ्गलादेशको चट्टोग्राममा बिहीबार वायुसेनाको एक ट्रेनर लडाकु विमान नदीमा दुर्घटनामा परेको छ । रिपोर्टका अनुसार उक्त विमानमा सवार दुई पाइलटमध्ये एक जनाको दुर्घटनामा मृत्यु भएको थियो । घटनाको भिडियोमा विमानको पछाडिको भागमा आगो लागेको देखिन्छ । विमानले नदीमा खस्नुअघि झन्डै एक राउन्ड  लगाएको थियो ।

अन्तर-सेवा जनसम्पर्क निर्देशनालय (आईएसपीआर) ले ३२ वर्षीय स्क्वाड्रन लीडर असिम जवादको नौसेना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ।

जानकारीका अनुसार बङ्गलादेश वायुसेनाको YAK130 ट्रेनर लडाकु विमान बिहीबार बिहान १०ः३५ बजे तालिम सकेर बेसमा फर्कँदै गर्दा दुर्घटना भएको हो । जसमा विङ कमाण्डर सोहन हसन खान र स्क्वाड्रन लिडर असिम जवाद विमानमा सवार थिए र विमानबाट बाहिर निस्कन सफल भएका थिए ।

सञ्चारमाध्यमका अनुसार नदीमा अवतरण गरेका दुई पाइलटलाई वायुसेना, नौसेना र स्थानीय मछुवाले उद्धार गरेका थिए । असिम जवादलाई अस्पताल पुर्याइएपनि उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्