के तपाइको विवाहमा भइरहेको छैन ? गङ्गा सप्तमीको दिन अपनाउनुहोस् यी उपाय, मन पर्ने जीवनसाथी पाउनुहुनेछ



विवाह

काठमाडौँ । गङ्गा सप्तमीको दिन माता गङ्गालाई समर्पित गरिन्छ। यस दिन माता गङ्गाको पूजा गरिन्छ । गङ्गा सप्तमीका दिन माता गङ्गाको पुनर्जन्म भएको धार्मिक विश्वास छ । प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको सप्तमी तिथिका दिन गङ्गा सप्तमी मनाइन्छ । यस वर्ष गङ्गा सप्तमी आउँदो मङ्गलवार रहेको छ ।

पौराणिक कथा अनुसार वैशाख शुक्ल पक्षको सप्तमी तिथिमा ऋषि जहनुले आफ्नो कानबाट गङ्गा निकालेका थिए । यस कथा अनुसार गङ्गा सप्तमीको दिनलाई जहनु सप्तमी पनि भनिन्छ । साथै, केही कथाहरू अनुसार, माता गङ्गालाई ऋषि जाहनुकी छोरी जान्हवीको नामले पनि चिनिन्छ।

मुख्यतया गङ्गा सप्तमीको दिन माता गङ्गा पुनस् पृथ्वीमा आएको विश्वास छ । हिन्दु धर्ममा यो दिनको विशेष महत्त्व छ । ज्योतिष शास्त्रमा गङ्गा सप्तमीको दिन अपनाउनु पर्ने निश्चित उपायहरूको उल्लेख गरिएको छ । यी उपाय गर्नाले सात जन्मका पापबाट मुक्ति मिल्ने र घरमा समृद्धि आउने बताइन्छ ।

विवाहको उपाय- यदि विवाहमा ढिलाइ भइरहेको छ भने गङ्गा सप्तमीको दिन गङ्गा जलमा ५ वटा बेलको पात राखेर भोलेनाथको जलाभिषेक गर्नुहोस् । यसो गर्नाले भोलेनाथ र गंगामैया दुवै प्रसन्न भई आशीर्वाद दिने विश्वास गरिन्छ। साथै वैवाहिक जीवनका बाधाहरू हटेर मन पर्ने जीवनसाथी भेटिन्छ।

सफलताको टिप्स- यदि तपाई कुनै काममा बारम्बार असफल भइरहनुभएको छ र जीवनमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने गङ्गा सप्तमीको दिन गङ्गामा दूध खन्याउनुहोस् र विधिपूर्वक माता गङ्गाको मन्त्र जप गर्नुहोस्। गङ्गाको किनारमा कपूरको दियो पनि बाल्नुहोस्। यो उपाय गर्नाले जीवनमा सफलता मिल्ने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्