रवि लामिछानेको विषयमा संसदीय छानबिन समिति काँग्रेसको बटम लाइन



काठमाडौँ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति काँग्रेसको बटम लाइन भएकाले त्यसबाट पछि नहट्ने दलको बैठकले निर्णय गरेको बताएका छन् ।

उनले रवि लामिछानेबारे संसदीय छानबिन समितिको मागबारे औचित्य पुष्टि भइसकेको बताए । अब यो माग काँग्रेसको मात्र नभएर नेपाली जनताकै भएको उनको भनाइ रहेको छ । यदि सरकार विपक्षको मागलाई सम्बोधन गर्न तयार भएन भने सदनका बैठक प्रभावित भएमा त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने निर्णय काँग्रेसले गरेको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक लेखकले आजको बैठकमा आफूहरू कुरा राख्ने र त्यसपछि संसद्‌मा को को बोल्न माग गर्छन् सोही अनुसार अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्