गिल र सुदर्शनको शतकसहित गुजरातको जित



काठमाडौँ । अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । गुजरातका लागि गिलले ५५ बलमा ९ चौका र ६ छक्का सहित १ सय ४ रन बनाए । सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्का सहित १ सय ३ रन जोडे । डेविड मिलरले १६ रन जोडे ।

चेन्नाईका तुशार देशपाण्डेले २ विकेट लिए । जवाफमा चेन्नाईले ८ विकेटको क्षतिमा १ सय ९६ रन मात्र बनाउन सक्यो । चेन्नाईका लागि ड्यारील मिचेलले सर्वाधिक ६३ रन बनाउँदा मोइन अलिले ५६ रन जोडे । महेन्द्र सिंह धोनीले २६ रन र शिवम दुबेले २१ रन बनाए ।

गुजरातका मोहित शर्माले ३, राशिद खानले २ तथा उमेश यादव र सन्दिप वारियरले १९१ विकेट लिए । जित पछि गुजरात १२ खेलमा १० अङ्क सहित आठौँ स्थानमा छ । चेन्नाई भने १२ खेलमा १२ अङ्कका साथ चौथो स्थानमा छ। आइपिएलमा शनिवार कोलकत्ता नाईट राइडर्स र मुम्बई इंडियन्सबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्