अनलाइन सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गर्ने पक्राउ



काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी माध्यम एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा सट्टाबाजी गर्न रकम लगाउने, सङ्कलन गर्ने गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुङ्गाना छन् ।

प्रारम्भिक अनुसन्धानमा उनीसँग विभिन्न व्यक्तिहरूका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिङ्क गरिएका ५६ वटा बैङ्कमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म १ अर्ब ३४ करोड रुपैयाँ कारोबार गरेको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्