स्याङ्जामा १५ वर्षे बालिकालाई पटक–पटक बलात्कार गरी गर्भवती बनाउने युवक पक्राउ



काठमाडौँ । स्याङ्जामा जबरजस्ती करणी गरी १५ वर्षे बालिकालाई गर्भवती बनाएको आरोपमा एक युवा पक्राउ परेका छन्। डर, त्रासमा पारी बालिकालाई पटक–पटक करणी गरेर गर्भवती बनाएका हरिनास गाउँपालिका –३ सिरिन्डाँडाका २१ वर्षीय रिम बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

परिवर्तित जिल्ला ४० स्थित आफ्नै घर कोठामा १५ वर्षीय परिवर्तित नाम ०८०/०८१ आधि खोला ९८ लाई अन्तिम पटक गत कार्तिक महिनाको राती अन्दाजी १० बजे करणी गरेका थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पटक–पटक करणी गरी गर्भवती बनाएको हुँदा कानुन बमोजिम कारबाही गरी पाउँ भन्दै परिवारले किटानी जाहेरी दिएपछि थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका थापालाई जबरजस्ती करणी मुद्दा दर्ता गरी स्याङ्जा अदालतबाट १० दिनको म्याद थप लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्