सन्दीप लामिछानेको मुद्दाको पेशी पहिलो नम्बरमा, आजै सुनुवाइ …



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्दाको पेशी आज (मङ्गलवार) लाई तोकिएको छ । काठमाडौँ जिल्ला अदालतको फैसला अस्वीकार गर्दै उच्च अदालत पाटनमा दर्ता गराएको मुद्दाको पेशी आजका लागि तोकिएको हो ।

सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले आज सन्दीपको मुद्दा पेसी सूचीको पहिलो नम्बरमै रहेको जानकारी दिए । मुद्दा पहिलो नम्बरमै छ, आज सुनुवाइ हुनेमा विश्वस्त रहेका उनको भनाइ रहेको छ । सन्दीप पक्षमा बहस गर्ने कानुन व्यवसायीको सङ्ख्या १२ पुगेको छ । गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ ।

उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् । उच्च अदालतमा यसअघि पाँच पटक पेशी तोकिए पनि मुद्दाको सुनुवाइ सरिरहेको छ । वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृप ध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा पहिलो नम्बरमा परेको भए पनि हेर्न नमिल्ने भन्दै पन्छाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्