सङ्घीय संसद् दुवै सदनको बैठक बस्दै



parliyament

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ : १५ बजेदेखि बस्नेछ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी प्रकरणमा नामै किटेर गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै समिति बनाउनुपर्ने माग राख्दै आएको थियो। सो माग पूरा नगरेको भन्दै संसद्को कार्यसूची प्रभावित पार्दै आएको काँग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सहमतिको बिन्दुमा पुगेको हो।

यद्यपि संसदीय छानबिन समितिको टिओआर आज बनाउने भनिएको छ। टिओआरमा बैठक अघिसम्म सहमति भएमा आजका संसद् बैठक बिना अवरोध चल्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्