![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2024/05/gaja.png?fit=1280%2C720&ssl=1)
काठमाडौँ । महोत्तरीबाट १०७ किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । सर्लाहीको पर्सा गाउँपालिका १ का २१ वर्षीय चन्दन यादव सोमबार दिउँसो पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार औरही नगरपालिका ८ टिम्कियामा बीआर ३० एएच २३८८ को भारतीय नम्बर प्लेटको कारलाई चेकजाँच गर्दा गाँजा बरामद भएको गरिएको हो ।
कारको डिक्कीमा लुकाएर लैजाँदै गरेको अवस्थामा २० वटा पोकामा रहेको १०७ किलो ४८५ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यादवका साथै ओसारपसारमा प्रयोग भएको कार पनि नियन्त्रणमा लिएको छ । यादवलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।