इरानमा ५ दिने राष्ट्रिय शोक



काठमाडौँ ।  राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । गत आइतबार अजरबैजानबाट तबरिज सहरतर्फ गइरहेको बेला राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसहित ६ जना सवार हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा सबैको मृत्यु भएको पुष्टि सोमबार मात्र भएको थियो ।

लगत्तै इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खमेनीले पाँच दिनको राष्ट्रिय शोक घोषणा गरेको बीबीसीले जनाएको छ । इरानका सरकारी सञ्चार माध्यमहरुका अनुसार अब २८ जुनमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने छ ।

यसैबीच इरानका उपराष्ट्रपति मोहम्मद मोख्बेरले कार्यवाहक राष्ट्रपतिको रूपमा सत्ता सम्हालेका छन् । इरानको मन्त्रिपरिषद्ले उपविदेशमन्त्री अली बगेरी कानीलाई कार्यवाहक विदेशमन्त्री नियुक्त पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्