सिरोहिया धनुषा प्रहरीको हिरासतम



काठमाडौँ । दोहोरो नागरिकता आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज बिहान धनुषा लगिएको । अहिले सिरोहिया धनुषा प्रहरीको हिरासतमा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनलाई आजै जिल्ला अदालत धनुषामा पेस गर्ने तयारी छ । नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्र जित महतोले सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ किटानी जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा जिल्ला अदालते उनलाई पक्राउ गर्न मङ्गलवार अनुमति दिएको थियो । मङ्गलवार नै सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो ।सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरू प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसुरमा छानबिन गर्न प्रहरीमा जाहेरी परेको हो ।

प्रतिक्रिया दिनुहोस्