काभ्रेमा दम्पतीको छुट्टा-छुट्टै कोठामा शव भेटियो



काठमाडौँ । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनीहरूको शव दुई फरक९फरक कोठामा पाइएको छ । श्रीमानको शव पसल रहेको कोठामा छ भने श्रीमतीकोशव भान्सा कोठामा फेला परेको छ । टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको  प्रहरीले जनाएको छ । घटना विवरण अनुसार उनीहरूको हत्या भएको देखिन्छ । तर कसले किन हत्या गर्‍यो अहिलेसम्म केही खुलेको छैन, प्रहरीले भन्यो ।

उक्त घरमा उनीहरू दुई जना मात्रै बस्दै आएका थिए । ढोका खुल्ला रहेको अवस्थामा शव भेटिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी फोक्सिङटार, इलाका प्रहरी कार्यालय देवीटारको टोलीले अनुसन्धान अघि बढाएको छ ।

सोमबार राति नै उनीहरूको हत्या भएको हुनसक्ने बताइएको छ । मङ्गलवार दिउँसो स्थानीय ठाकुर पूजामा सहभागी नभएपछि घरमा गएर उनीहरू दुवै जना मृत भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्