नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी



काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । काँग्रेसको अवरोधले निरन्तर बिथोलिएको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१र८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने लगायत १४ वटा सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी रहेको छ । आज नै छलफल थालनी गरेर उठेको प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

तर, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्