खराब मौसमका कारण काठमाडौँमा उडान-अवतरण प्रभावित



काठमाडौँ । काठमाडौँमा खराब मौसमका कारण आन्तरिक तथा वाह्य उडान प्रभावित बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको छ ।

अहिले नेपाली आकाशमा स्काईअप एयरलाइन्स, विमान बङ्गलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज होल्ड भइरहेका छन् । आन्तरिक उडानका जहाज समेत होल्ड गरिएको छ । काठमाडौँमा आज बिहानैबाट मौसम प्रतिकूल बनिरहेको छ । साथै आज काठमाडौँमा ठुलो वर्षा परेको छ ।

प्रतिक्रिया दिनुहोस्