वार्म-अप खेलमा नेपालले क्यानडाकाे सामना गर्दै 



काठमाडौँ । आइसीसी टी-२० विश्व कप अघिका वार्म अप खेल आजदेखि सुरु हुँदै छन् । आज नेपालले वार्म अप खेलमा क्यानडासँग खेल्दै छ ।

अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि सुरु हुँदै छ ।

नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो ।

आइसीसीको टी-२० वरियतामा नेपाल १७औँ स्थानमा छ भने क्यानडा २३औँ स्थानमा रहेको छ ।  नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्