![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2024/05/gandaki-CM-Khagaraj-adhikari.jpg?fit=890%2C433&ssl=1)
काठमाडौँ । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ । अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठुलो दल नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए । जबकि संविधान अनुसार ३१ प्रदेशसभा सदस्यले समर्थन गर्नुपर्ने थियो ।
सभामुख प्रयोग भएर खगराजलाई विश्वासको मत दिलाएपछि काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका थिए ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले खगराजलाई पदमुक्त गर्दै ठुलो दलको हैसियतमा सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।