नाबालिग करणीको अभियोगमा पक्राउ



म्याग्दी । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मङ्गला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटालाई  प्रहरीले पक्राउ गरेको छ ।

सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी  चौकी सिङ्गातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्