सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा, कारण ?



काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।

यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपले टी-२० विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।

टी-२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुँदै छ, जसका लागि कप्तान रोहित पौडेलसहितको टिम यसअघि नै अमेरिका पुगिसकेको छ ।

२ जेठमा उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले  सन्दीपको निलम्बन फुकुवा गरेको थियो र उनलाई विश्वकप खेल्न अमेरिका पठाउने निर्णय गरेको थियो ।

अमेरिकन एम्बेसीले भने सन्दीपलाई भिसा नदिनुको कारण खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्