तोलामा १७००ले बढ्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ७ सयले बढेको छ । आज सुनको बजार मूल्य १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मङ्गलवार १ हजार ७०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन १० ग्रामको भने मङ्गलवार १ लाख २२ हजार ३४५ रुपैयाँ कायम जानकारी दिएको छ ।

यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । अघिल्लो १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मङ्गलवार १० बढेर तोलामा १८६० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्