टी-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्न देशभरका स्थानीय तहलाई पत्राचार



काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ ।

अमेरिकामा जारी टी-२० विश्वकप अन्तर्गत नेपाली टोलीले प्रतिस्पर्धा गर्ने प्रत्येक खेलको प्रत्यक्ष प्रसारण गर्न मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेको हो ।

सम्बन्धित स्थानीय तहमा उपलब्ध स्रोत र साधनमार्फत उपयुक्त स्थानमा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने खेलको प्रत्यक्ष प्रसारण गरी खेलाडीको हौसला बढाउनु पर्ने मन्त्रालयको जोड छ ।

नवौँ संस्करणको आईसीसी टी-२० विश्वकपमा समुह डी अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच आज भिडन्त हुने भएको छ। नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेल डालासको ग्रान्ड प्रेरी क्रिकेट रङ्गशालामा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । एक दशकपछि नेपाल टी-२० विश्वकप खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्