सुनको मूल्य घट्यो



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा पाँच सयले घटेको हो। आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सयमा कारोबार भइरहेको छ। हिजो छापावाल सुनको मूल्य १ लाख ४२ हजार सात पुगेको थियो।

त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सयमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ। हिजो एक हजार ८ सय ६० कायम भएको चाँदीको मूल्य आज एक हजार ८ सय २५ मा झरेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्