५ दिनभित्र बी एन्ड सीलाई सम्बन्धन दिन सर्वोच्चको आदेश 



काठमाडौँ । झापास्थित बी एन्ड सी मेडिकल कलेजले अन्ततः सम्बन्धन पाउने भएको छ । सर्वोच्च अदालतले बिहीबार चिकित्सा शिक्षा आयोग र काठमाडौँ विश्वविद्यालयको नाममा परमादेश जारी गरेसँगै बी एन्ड सी मेडिकल कलेजले सम्बन्धन पाउने भएको हो ।

न्यायाधीशद्वय डा.कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेका हुन् । सर्वोच्चले यसअघि १२ चैत, २०८० मा भएको फैसलाको पूर्ण पाठसमेत सर्वोच्चले सार्वजनिक गरेको छ ।

‘यस वर्षको शैक्षिक सत्र सुरु हुनुअघि एमबिबिएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू, दिलाउनू,’ सर्वोच्च अदालतले फैसला गरेको हो । आदेशसँगै अब आयोग र काठमाडौँ विश्वविद्यालयले १५ दिनभित्र सोको कार्यान्वयन गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्