कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै विरोध



काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध  कोच९मधेश ब्यूरोले आज विराटनगरमा कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै विरोध गरेको छ ।  राजेन्द्र महतोको प्रमुख आतिथ्यमा  विराटनगर बजार परिक्रमा गरी महेन्द्रचौकमा टेम्पु र्याली सहित बिरोधसभाको आयोजना गरिएको हो।

आयोजना र चन्द्र प्रसाद राजवंशीको अध्यक्षतामा आज विराटनगरमा कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै राजेन्द्र महतोको प्रमुख आतिथ्यमा  विराटनगर बजार परिक्रमा गरी महेन्द्रचौकमा टेम्पु र्याली सहित बिरोधसभाको आयोजना गरिएको छ। बिरोधसभालाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले एकल राष्ट्रिय राज्यको चरित्र बद्लेर बहुल राष्ट्रिय राज्यको स्वरुप धारण नगरेसम्म आम जनताले परिवर्तन महसुस गर्न नसक्ने बताए।

अर्को एक सन्दर्भमा उनले प्रश्न गरे कोशी नदिले पहिचान मागेको थियो र सो नामाकरण गरेकोरु मधेशी,लिम्बु, राई, कोचले पहिचान मागेकोले सोही अनुरुप नामाकरण गरी अहिलेको कोशी नाम खारेजीको माग गरे। सभालाई सम्बोधन गर्दै अर्का नेता केशव झाले कोशी प्रदेशको नामाकरण मात्रै होइन सिमान्कन पनि त्रुटिपूर्ण रहेकोले अविलम्ब सच्याउन माग गरे। राज्यले अहिलेसम्म उत्पीडित जाति र समुदायलाई फुटाएर शासन गरेकोमा आक्रोश व्यक्त गरे। अब मधेशी, आदिवासी जनजाति ,  उत्पीडित  खस आर्य समेत एक भएर राष्ट्रिय मुक्ति क्रान्ति सफल पारी बहुराष्ट्रिय राज्यको स्थापना गर्ने बताए। कार्यक्रममा कमला गुरुङ, राजिव झा, सुमन सायमी, सन्तोष मेहता, सि एन थारु, बुद्धछिरिङ मोक्तान ,केवल राई, दिपेन्द्र चौधरी, चुन्नि खातुन, सनम लिम्बु, सत्यनारायण साह लगायतका नेताहरुले सम्बोधन  गरेका थिए । बोल्ने वक्ताहरूले स्वदेशवादको वैचारिकीमा सामुदायिक समाजवाद सहित बहुराष्ट्रिय राज्यको स्थाजना गरी छोड्ने अठोट व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्