नेता र कर्मचारीलाई जति भए पनि नपुग्ने, जनता खान नपाएर पासो लगाउने !



रुषा थापा भक्तपुर, । केही समययता आत्महत्या, हत्या गर्नेहरू बढ्दो छन् । धारिलो हतियार प्रयोग गरी, विष सेवन गरेर वा पेट्रोल छर्किएर आत्महत्या हत्या गर्ने गरेको पाइन्छ । हालसालै काठमाडौँको चाबहिलस्थित एक व्यक्तिले मादक पदार्थ सेवन गरी आफुस हित श्रीमती र तीन छोरीमाथि पेट्रोल खन्याएर आगो लगाए । उनीहरूको अवस्था गम्भीर छ ।

यो त उदाहरण मात्रै हो । अहिले देशभर यस्ता घटना दिनहुँ भइरहेका हुन्छन् । सरकार न मदिरा बेचबिखनमा रोक लगाउँछ न पेट्रोल, डिजेल बोतलमा बिक्रीवितरणमा प्रतिबन्ध लगाउँछ । यता, विष पनि जथाभाबी किनबेचमा रोक लगाउँदैन सरकार । सरकारलाई केही मतलब छैन, जनताले आत्महत्या, हत्या गरे पनि । कुनै पनि घटना घटे पनि त्यो किन घट्यो भनेर गहिरो अनुसन्धान गर्नुपर्ने हुन्छ ।

यदि मात्र होइन आगामी दिनमा त्यस्ता घटना हुन नदिन सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्छ । तर, यहाँ त घटना घटेपछि पनि कसैलाई केही मतलब हुँदैन । पेट्रोल पम्प व्यवसायीहरू आफू कमाउनका निम्ति जथाभाबी पेट्रोल बेच्छन् । र, पैसा असुल्छन् । अनि त्यो पेट्रोल खन्याएर कतिपय मानिसले आत्महत्या गर्ने गरेका छन् ।

एकातिर व्यवसायी कमाउने, अर्कोतिर सरकार पनि छाडा छोडिदिने । आफ्नो देशको नागरिकको रक्षा गर्नु सरकारको दायित्व हो । विडम्बना, यहाँ त सरकार नै आफ्ना नागरिकलाई मार्न तुहिएको छ । सरकार भन्छ, मदिरा सेवन गर्नु । तर, सरकार आफैँ देशभित्र मदिरा ल्याउन दिएर कर असुल्छ । र, जनताको ज्यान लिन्छ ।

पछिल्लो समय आत्महत्या र हत्या गर्नेहरू ह्वात्तै बढेका छन् । यो बढ्नुको कारण के हो ? भनेर सरकार वा सम्बन्धित निकाय अध्ययन गर्दैन । सामाजिक सञ्जालका कारण श्रीमान्–श्रीमतीबिच उत्पन्न शंकावा विवादले पनि यस्ता घटना निम्त्याइरहेको छ । आर्थिक अभाव, बेरोजगारी र गरिबीले आत्महत्या, हत्या निम्त्याएको छ । अहिले कतिपयले बैङ्क तथा वित्तीय संस्था वा व्यक्तिबाट लिएको ऋण तिर्न नसक्दा पनि आत्महत्या गरिरहेका छन् ।

सहकारी, लघुवित्त, फाइनान्सले पैसा खाइदिएपछि पनि कतिपयले आफूसँगै आफ्नो परिवार पनि नाश गरिरहेका छन् । यता, लगानी डुबेपश्चात् सहन नसकेर पनि कतिपयले आत्महत्या गरेका छन् । दिनहुँ दुई दर्जनभन्दा बढीले आत्महत्या गर्ने गरेका छन् । आत्महत्याको प्रयास गर्दा गम्भीर घाइते भएर कोही अस्पतालको बेडमा छटपटी रहेका छन् ।

तर, सरकारलाई केहीमतलब छैन । जनता मरेको कुखुराको चल्ला मरे बराबर पनि भएको छैन, सरकारलाई । मुलुकमा रोजगारी नभएपछि लाखौं नेपाली युवा बिदेसिएका छन् । कतिपय बाटोमा मागेर खाइरहेको देखिन्छ त कतिपयले आत्महत्याको बाटो रोजिरहेका छन् । २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्दा मदिरा बेचबिखन गर्नेलाई कारबाही गर्थ्यो ।

यस्ता पदार्थ सेवन गर्नेलाई समेत कारबाही गर्थ्यो । त्यस्तै, तास खेल्नेलाई तास नै खान लगाउँथ्यो । ऋण लिएकाहरुलाई आफ्नो कार्यकर्ता बनाउँथ्यो । र, भनिन्थ्यो कि हाम्रो सरकार आएपछि सबै ऋण मिनाहा हुन्छ । अहिले मीटरब्याजमा ऋण लिने र दिने यत्तिकै छन् । बजारमा एक लाखको मासिक पाँच हजारदेखि ३० हजार ब्याजमा पैसा लगानी गरेको वा ऋण लिएको सुनिन्छ ।

यता, एक करोडको धितो राखेर २५–३० लाख कर्जा दिने । तीन महिनादेखि एक वर्षका समय दिएर ऋण चुक्ता नतिरेर ३० लाखमा एक करोडको धितो पचाइदिने । अर्को कुरा कतिपयले साँबाब्याज बुझाउँछु भन्दा पनि धितो नदिने । अहिले व्यक्तिदेखि बैङ्क तथा वित्तीय संस्थाहरूले यसरी नै सर्वसाधारण लुट्दै आएका छन् । बैङ्कले पनि दुई करोडको धितो भएमा एक करोड कर्जा दिने त्यसबापत पनि दश लाख त घुसै खाने ।

अनि सेवा शुल्क ३ प्रतिशत, ब्याज भन्नेबेला १८ प्रतिशत भनेर ७५ प्रतिशत असुल्ने र तीन किस्ता नतिर्नेबित्तिकै दुई करोडको धितो ९० लाखमा खाइदिने । अहिले बैङ्कहरू भन्छन्, ‘केही पनि ऋण लिन आएन । पैसा मात्र थुप्रियो ।’ बैङ्क चोर, ठग हो भनेर थाहा पाएपछि को जान्छ ऋण लिन ? बैङ्ककै कारण कतिपयले आत्महत्या, हत्या गरेका छन् ।

आफ्नो वंश नै नाश गरेका छन् । अनि बैङ्कका कारण सर्वसाधारण वा ऋणीको यस्तो हालत भएको थाहा पाएपछि कोही जानाजानी डुब्न ऋण लिन जान्छन् त ? बैङ्कका सञ्चालकहरु ऋण लिन कोही नआएको मिडियामा दाबी गर्छन् । तर, बैङ्कमा ऋण माग्न गएका अधिकांश व्यक्ति बैङ्कका कर्मचारी, सञ्चालकले पैसा छैन भन्दै फिर्ता पठाएको बताउँछन् ।

पैसा नभए पनि भएको दाबी बैङ्कहरूले गरिरहेका छन् । किनकि पैसा छैन भन्यो भने त बैङ्क डुब्न लाग्यो भनेर बचतकर्ताले आफ्नो रकम निकाल्छन् नि त । बुढोपाका भन्थे, ‘मान्छेको देखाउने र चपाउने दाँत फरक फरक हुन्छ ।’ हिजो सर्वहारा वर्गको नेता हुँ भन्दै जनयुद्धको कमान्डर गर्ने पुष्पकमल दाहाल प्रचण्ड अहिले हातमा लाखौँको घडी लगाउँछन् ।

उनले हातमा लगाएको घडीको मूल्य ७८ लाख रहेको बताइन्छ । उनले घडी मात्र यत्रो महंगो लगाउँछन् भने सम्पत्ति कति होला रु उनले कति पैसा विदेशी बैङ्कमा थुपारेका होलान् ? अहिले प्रचण्ड आफैँ प्रधानमन्त्री छन् । यहिवेला आम सर्वसाधारण गरिबी, बेरोजगारीका कारण आत्महत्या गरिरहेका छन् ।

हिजो जनयुद्ध सुरु गर्दा जनतालाई विभिन्न सपना देखाए । १७ हजार नेपालीले उनकै कारण ज्यान गुमाए । तर, अहिले ती जनताले के पाए रु प्रचण्डले आफ्नो र आफ्नो सन्ततिका लागि त पुग्ने सम्पत्ति जोडे । सर्वसाधारण जनतालाई भने अहिले पनि बिहान बेलुकाकै छाक टार्न धौधौ मर्ने गरेको छ । केही महिनाअघि राजधानीमा एक ट्याक्सी चालकले आत्महत्या गरे ।

कोठा भाडा तिर्न नसकेर छोराछोरीसहित ट्याक्सीमा बस्दै आएका ती चालकले छोरालाई समेत आत्महत्या गर्नु भनी पठाएका थिए । आत्महत्याको प्रयास गर्दागर्दै छोराको उद्धार गरियो । तर, बाबुले भने आत्महत्या गरे । यो त उदाहरण मात्र हो । अहिले खान नपाएर वा गरिबीका कारण मानिसले आफूसँगै आफ्नो वंश नाश गरिरहेका छन् ।

यता, सरकारले देशै धितो राखेर विदेशीसँग २७ खर्ब ऋण लिइसकेको छ । प्रत्येक नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ । अहिले जनताले तिरेको करले सरकारी खर्ब समेत धान्दैन । अब सरकारले विदेशीको ऋण कसरी तिर्छ रु ऋण नतिरे विदेशीले देशै कब्जा गर्ने छ, अनि त्यो बेला सरकार के गर्छ ? आम सर्वसाधारणले राज्यलाई कर तिर्न छोडिसकेका छन् ।

जनता आफैँ खाना नपाउने अवस्थामा पुगेका छन् । अनि कसले तिर्छ राज्यलाई कर रु केही दिनअघि प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरियो । उनीहरूको सम्पत्ति हेर्दा निकै धेरै देखिन्छ । अझै यो सम्पत्ति त उनीहरूको कुल सम्पत्तिमध्ये आधा पनि नहुन सक्छ । किनकि अधिकांशले आफ्नो आफन्तको नाममा सम्पत्ति राखेका छन् । विदेशी बैङ्कमा पैसा थुपारेका छन् ।

अहिले बाटोमा हिँड्दा यत्तिकै माग्दै मान्छेहरू भेटिन्छन् । मिगौला पीडितहरू घरघरमा आइपुग्छन् । अहिले पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुले तलब भत्ता, सेवा सुविधा उपभोग गरिरहेका छन् । कर्मचारीहरू पनि तलब भत्ता थापिरहेका छन् । सेवा सुविधा उपभोग गरिरहेका छन् । कसैलाई पनि देश र जनताको चिन्ता छैन । आफ्नो भुँडी भर्नमै सबै व्यस्त छन् ।

जनताबाट चुनिएर आएका जनप्रतिनिधिहरू नै तलब भत्ता र सेवा सुविधा लिइरहेका द्धन् । नेता र कर्मचारीलाई जति भए पनि नपुग्ने अनि सर्वसाधारण जनता चाहिँ खान नपाएर पासो लगाउने १ फेरि यिनीहरूको विरोधमा न जनता सडकमा उत्रिन्छन् न सञ्चारकर्मी कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्