सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ जना पक्राउ



काठमाडौँ । प्रहरीले सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन । उनीहरुलाई दुई फरक–फरक घटनामा प्रहरीले पक्राउ गरेको हो ।

भन्सार छली अवैध रूपमा सङ्कलन गरी लैजान लागेको करिब २५ ग्राम सुनको सिक्री, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित कोइराला र आलमलाई गरिएको हो ।  कतार एयर उडानद्वारा नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसै गरी ५० ग्राम सुनको सिक्रिसहित अरमान र मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छली ल्याएको सुनको सिक्री अरमानलाई दिने पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्