अछाममा घाइते खच्चडको उपचारमा डाक्टरको टोली 



घाइते खच्चड

काठमाडौँ । अछाममा कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा अड्किएर घाइते भएका खच्चडको उपचारको लागि पशु प्राविधिकको टोली खटिएको छ ।  घाइते खच्चडहरूलाई हिजोदेखीनै पशु प्राविधिकहरूले उपचार गरिरहेका छ । घटनास्थलमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछाम र पञ्चदेवल विनायक नगरपालिका पशु सेवा शाखाको टोलीले उपचार गरिरहेको छ ।

घाइते खच्चडहरूलाई कर्णालीको किनारमै राखेर उपचार भइरहेको छ ।

घाइते खच्चडहरू सबै खतरामुक्त रहेको र घर लग्ने तयारी भइरहेको छ । डा।झनकदत्त ढुंगानासहितको टोलि घटनास्थल पुगेर उपचार  गरिरहेको छ। उनीहरूको घाटीको छाला, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ
आइतबार बिहान पुलको लट्ठा चुँडिएर १३ ओटा खच्चडहरू फसेका थिए । पुलमा फसेका १३ मध्ये ११ वटा घाइते छन् भने २ ओटाको मृत्यु भएको छ ।

घाइते खच्चड पञ्चदेवल विनायक नगरपालिका९९ भाटगाउका ३ जनाका हुन् । नवीन रोक्काका ३ खच्चड, राजेन्द्र बोहराका ५ र जीवन रोक्काका ३ खच्चड रहेका छन् । मृत्यु भएका जीवन रोक्काका २ खच्चडको मृत्यु भएको र अरू ११ को अवस्था खतरामुक्त रहेको छ ।

पुलमा फसेको केही घण्टापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली पुगेर उद्धार गरेको थियो। दैलेख र अछाम जोड्ने यो पुलका तारजाली कमजोर भएर चुँडिएसँगै चामल बोकेर फर्किएका खच्चडहरू फसेका थिए।

प्रतिक्रिया दिनुहोस्