जनताको बिद्युत् महसुल नगरपालिकाले तिर्यो



काठमाडौँ । मौलापुरमा जनताले बुझाउने बिद्युत् महसुलको तेस्रो किस्ता बापत रकम नगरपालिकाले बुझाएको छ । तेस्रो किस्ता बापत रु ४५ लाख २६ हजार रकम आज नगरपालिकाले बिद्युत् प्राधिकरणकोलाई बुझाएको हो ।

No description available.

नगरप्रमुख रीना कुमारी साहले बिद्युत् शाखाको प्रमुख दिनेश यादवलाई महसुल बराबरको नगद चेक हस्तान्तरण गरेका हुन् । मौलापुर नगरपालिकाले “फ्री बिजुली, फ्री पानी” कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

No description available. झन्डै ५ वर्ष देखी जनताको घरायसी मिटर र कृषि मिटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएको छ । यो चालु आर्थिक वर्षमा मात्रै अहिले सम्म ३ करोड ४३ लाख ५० हजार रकम बुझाई सकेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्