सरकारमाथि कांग्रेस नेता डा. रिजाल र सिटौंलाको प्रदेश २ बाट यस्ताे प्रहार



जनकपुरधाम । कांग्रेस नेता डा. मिनेन्द्र रिजालले सरकारकाे कार्यप्रति जनतामा निराशा छाउन थालेकाे बताएका छन् । प्रदेश २ मा अाजदेखि सुरु भएकाे कांग्रेस विधान मस्याैदामाथिकाे छलफल कार्यक्रममा उनले छाेटाे समयमै सरकार सबैकाे नजरमा गिरिसकेकाे बताएका हुन् । 

 

महँगी, बलात्कार र अन्य अराजक गतिविधिमा सरकार रमार्इरहेकाे र अदालत, प्रहरी प्रसासन र सञ्चार क्षेत्रलार्इ चलाएकाे डा रिजालले अाराेप लगाएका हुन् । 

 

उनले अस्तव्यस्त उद्योग, कलकारखाना, विद्यालय, व्यापार सबै प्रभावित भएको बेला सरकार मूकदर्शक भएकोले जनताले पुनः कांग्रेसलाई सम्झिरहेका हुनाले थप प्रतिबद्धतासाथ अगाडि बढ्ने बेला आएको जनाए ।

 

त्यस्तै कांग्रेसको विधान संसोधन र सुझाव संकलन प्रदेश स्तरीय भेलालाई संबोधन गर्दै कृष्ण प्रसाद सिटौंलाले वर्तमान सरकार निरंकुशता तर्फ उन्मुख भएको भान अन्य राजनीतिक दल मात्र होइन जनतालाई स्वयं अनुभव हुन थालेको दाबी गरेका छन् ।

 

भेलालाई सम्बोधन गर्दै सीटौलाले भने, 'यो सरकारको कारण प्राप्त उपलब्धिहरु पनि समाप्त भएर जाने खतरा छ । हामीले लोकतन्त्रको रक्षाको निमित्त अगाडि बढ्नेको विकल्प पनि नरहेको हामीले विचार गर्नुपर्ने हुन्छ ।' सिटौलाले अगाडि थपे  ' राज्य बलियो भए कांग्रेस बलियो हुन्छ, कांग्रेस बलियो भए लोकतन्त्र बलियो हुन्छ र मलार्इ विस्वास छ, हामी एक ढिक्का भएर अगाडि बढ्ने छौं ।

 

प्रतिक्रिया दिनुहोस्