हिन्दू मन्दिर निर्माणको माग गर्दै दशौँ हजार प्रदर्शनमा



अयोध्या:  भारतको अयोध्यामा हिन्दू मन्दिर निर्माणको माग गर्दै दशौँ हजार प्रदर्शनमा उत्रेका छन् । लामो समयको विवादका कारण अलपत्र बनेको मन्दिर निर्माण गर्न माग गर्दै दशौँ हजार कट्टरवादी हिन्दू धर्माबलम्बीले प्रदर्शन गरेका हुन् ।

 

केशरी रङको कपडा लगाएका प्रदर्शनकारीमध्ये केहीले हातमा खड्गसमेत लिएर प्रदर्शनमा उत्रेका थिए ।  उनिहरुको उत्तर प्रदेशको अयोध्या शहरका विभिन्न भागको परिक्रमा गरेका थिए । कट्टरवादी हिन्दू समूहले उक्त स्थान हिन्दूहरूका आस्थाका केन्द्र भगवान रामको भएको र त्यहाँ उनको विशाल मन्दिर स्थापना गर्नुपर्ने आवाज उठाएका थिए ।

 

कतिपय भारतीय हिन्दू धर्माबलम्बीले उक्त स्थानमा रामको मन्दिर भत्काएर ४ सय ६० बर्षपहिले मस्जिद निर्माण गरिएको दावी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्