बैठकमा रेणु रोएपछि…कारबाही गर्ने प्रस्ताव फोरमकै औपचारिकरुपमा फिर्ता



काठमाडौं : पार्टीको कार्यसम्पादन समितिको बैठकमै रोएपछि संघीय फोरमकी उपाध्यक्ष रेणु यादवले माफी पाएकी छन् । माफीसँगै उनलाई कारबाही गर्ने प्रस्ताव फोरमकै औपचारिकरुपमा फिर्ता लिएको छ । 

गत बिहीबार बसेको पार्टीको कार्यासम्पादन समितिको बैठकमा पार्टी कार्यालय सचिव तथा कार्यसम्पादन समिति सदस्य प्रकाश अधिकारीले रेणुलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखेका थिए । 

 

अधिकारीको प्रस्तावलाई अन्य केही नेताले पनि सहमति जनाएको स्रोतको भनाई छ । तर, यस विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले भने केही बोलेका थिएनन् । 

 

पार्टी केन्द्रीय समितिले दिएको निदेर्शनलाई उल्लंघन गरी रेणुले गत असोज ३ मा कालो दिवस मनाउने निर्णय गरेकाले उनलार्य कारबाही गर्नुपर्ने प्रस्ताव अधिकारीले बैठकमा गरेका थिए । 

 

केन्द्रिय समितिले दिएको निर्देशनलाई ठाडो उल्लंघन गर्नु भनेको पार्टीमा अनुशांसनहीनता ल्याउनु हो, त्यसैले रेणुमाथि कारबाही होस्, स्रोतका अनुसार अधिकारीले बैठकमा प्रस्ताव राखेका थिए । 

 

बैठकमा यस्तो प्रस्ताव आएपछि रेणु केहीबेर रोईन् । पार्टीका लागि अफुले गरेको योगदानबारे व्याख्या गर्दै उनले राजीनामा दिने घोषणा गरिन्, स्रोतले भन्यो, त्यसपछि उनले हस्ताक्षर नगरिएको राजीनामा पार्टी अध्यक्ष यादवलाई बुझाईन् र त्यहाँबाट हिँडिन् ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्