नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित



काठमाडौं: नेकपा केन्द्रीय सचिवालयको आज बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको छ । बिहान ९ बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको नेकपाका एक नेताले बताए ।

 

यसअघि शनिबार बसेको सचिवालयको बैठकले आजको बैठकवाट केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्ग्याउने सहमति निर्णय गरेको थियो ।  बैठक भोलिका लागि तय गरिएको छ ।  

 

केन्द्रीय सदस्यहरुको कार्यविभाजनसँगै नेकपाले प्रदेश कमिटीलाई पनि पूर्णता दिने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा र महासचिव बिष्णु पौडेलले तयार पारेको कार्यबिभाजन सम्बन्धी प्रतिवेदनलाई सचिवालयले भोलि अन्तिम रुप दिनेछ ।

प्रतिक्रिया दिनुहोस्