देशमा कुनै पनि बेला दुर्घटना हुन सक्छ : मेयर साह



जनकपुरधाम । पदास्थपनाको एक वर्ष पूरा गरेको अवसरमा जनकपुर उप-महानगरपालिका जनप्रतिनिधिहरुले शुभकामना कार्यक्रम अायाेजना गरेका छन्  । बुधबार जनकपुरधाम उप-महागरपालिका वडा नम्बर ७ ले आयोजना गरेको कार्यक्रममा समय अभाव र कामकाे चाप बढी भएकाले भव्यताकासाथ नमनाए पनि सानाे भेटघाट तथा शुभकामना अादानप्रदान कार्यक्रम राखेका हुन् । 

 

कार्यक्रममा उप-महानगरका मेयर लालकिशोर सा‍‍‍हले पदास्थपनाको एक वर्ष पूरा अवषरमा गरिएकाे वार्षिकी तथा पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले अाफूहरुले कामलाई बढी महत्व दिएकाे बताएका छन् ।

 

उनले संघीय सरकार र प्रदेश सरकारविच तारतम्य न मिलेको संकेत गर्दै देश कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने चेतावनी दिए । देशमा अधिकारकारकाे विषयले झमेला निम्त्याएकाे बताउँदै मेयर साहले सरकारलार्इ सचेत भएर काम गर्न अाग्रह गरेका छन् ।

 

उनले जनकपुर उप-महानगरकाे ७ नम्बर वडाको कार्यको प्रशंसा गर्दै जनतालाई प्रत्याभूति हुने किसिमले अझैं प्रतिबद्ध भएर काम गर्न निर्देशन दिए । मेयर साहले १ सय ओटा सार्वजनिक शौचालय, ३२ ओटा पोखरीको सौन्दर्यीकरण नयाँ कार्यहरु नगरमा सुरु हुने पनि जानकारी गराए ।

 

मेयर साहले संघीय सरकारले स्थानीय सरकारलाई भेदभाव गरेको पनि आरोप लगाए । उनले कार्यक्रममा शतप्रतिशत अनुदानमा १ अर्ब उप-महानगरलार्इ छुट्याउने सहमति भएको पनि खुलाए ।

 

यस्तै उप-मेयर रीतादेवी मिश्रले वडाभित्र हुने कार्यहरुबारे सही गलतको मूल्यांकन गर्न जनतालाई आग्रह गरिन् । कार्यक्रममा जनकपुर उप-महानगरपालिकाका उप-मेयर रीता देवी मिश्र, जनकपुर अञ्चल बस व्यवसायी संघको अध्यक्ष मनोज चौधरी सहित वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष ब्रम्हदेव साह सहित वडा सदस्यहरु उपस्थिति थियो ।

 

बुधबार बिहान जनकपुरधाम उप-महानगरपालिकाले जनकपुरभित्र १ सय स्थानमा वृक्षा रोपण गरेको थियो र विशेष क्षमता भएका (अपांग)हरुलाई ह्वील चियर वितरण गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्