सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन प्रस्ताव



काठमाडौं: भारतबाट पेट्रोलियम पदार्थ ल्याउन मोतिहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणले तीव्रता पाइरहेका बेला नेपाल आयल निगमले अर्को पाइपलाइन परियोजनाको प्रस्ताव गरेको छ ।

 

अहिले निर्माणाधीन पाइपलाइनले मुलुकमा खपत हुने पेट्रोलियम पदार्थको पूरै माग धान्न नसक्ने भएपछि निगमले प्रदेश नं. १लाई लक्ष्य गरेर अर्को पाइपलाइन परियोजना निर्माण गर्ने तयारी गरेको हो ।

 

भारतको सिलगुडीबाट झापासम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्न इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग छलफल सुरु भएको नेपाल आयाल निगमले जनाएको छ ।

 

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार प्रारम्भिक अध्ययननमा सिलगुडीदेखि झापासम्म पाइपलाइन निर्माण गर्न उपयुक्त देखिएको छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्