से–फोक्सुन्डो र राराको जल लिएर काठमाडौं फर्किए उपराष्ट्रपति



काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन से–फोक्सुन्डो र राराको जल लिएर काठमाडौं फर्किएका छन् । ‘कर्णाली रारा पर्यटन वर्ष–२०७५’ मा चल्दै गर्दा कर्णाली प्रदेश सरकारको निमन्त्रणामा से–फोक्सुन्डो, रारालगायत पर्यटकीय क्षेत्र प्रवर्द्धन कार्यक्रममा भाग लिएर उनी काठमाडौं फर्केका हुन् । उनले बुधबार बिहान से–फोक्सुन्डोको जललाई शिरमा चढाएका थिए ।

पुनले डोल्पाको से–फोक्सुन्डो तालको किनारामा आयोजित से–फोक्सुन्डो पर्यटन प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्दै से–फोक्सुन्डो स्वर्गको परी भएकाले भ्रमणका लागि सबैलाई अपिल गरे ।

‘कर्णाली गरिब होइन, धनी प्रदेश हो । आजको दुनियाँमा जोसँग प्राकृतिक स्रोत–साधन छ, ऊ नै धनी हो,’ उनले भने, ‘कर्णाली धनी छ, स्वर्गको परी जस्तो से–फोक्सोन्डो ।’

कर्णालीलाई समृद्ध बनाउँछौँ  मुख्यमन्त्री

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा कर्णाली पर्यटन वर्षले कर्णालीको पर्यटन प्रवद्र्धन हुने बताए ।

‘अब कर्णालीलाई सबैले चिन्नेछन् । सबैको ध्यान कर्णालीमा केन्द्रित हुनेछन् । यहाँको भ्रमण गर्नेछन्,’ उनले भने, ‘कर्णालीलाई धेरैले अझै पिछडिएको, गरिब प्रदेश भनेर चिन्छन्, तर अब हामी पर्यटन विकासका माध्यमबाट कर्णालीलाई समृद्ध बनाउन चाहन्छौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्