प्रदेश र महानगर मिलेर बिजुली बस चलाउने



काठमाडौं : काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारी गर्ने भएको छ । यातायात व्यवसायीसँग आज भएको छलफलमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्न आवश्यक रहेको बताएक हुन् ।

 

विद्युतीय बस सञ्चालनका लागि पूर्वाधार विकास गर्दै लैजाने योजना बनाएको उनको भनाई छ । सबै पक्षसँग सहकार्य गरेर वातावरणमैत्री यातायात सेवा सञ्चालनमा प्रोत्साहन गर्ने उनले बताए ।

 

यातायात व्यवसायी भेषबहादुर थापाले काठमाडौंका सडक र बसको क्षमता जाँच गरी सामान्य उकालो र खाल्डाखुल्डीमा पनि सहजै गुड्न सक्ने बस ल्याइने जानकारी दिए । सुन्दर यातायात प्रा.लिले दुई महीनामा ४५ सिट र ८५ यात्रु ओसारपसार क्षमता भएका तीन वटा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्