हँसपुरमा अख्तियारको छापा



जनकपुरधाम: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हँसपुर नगरपालिका कार्यालयमा छापा मारेको छ । विकास निर्माण योजनामा अनियमितता भएको उजुरीको आधारमा अख्तियारको बर्दिवास कार्यालयले नगरपालिकामा छापा मारेको छ ।

 

नगरपालिका प्रमुख रामज्ञान मण्डलले अख्तियारको टोलीले बिकास योजनाहरुको कागजातहरु लिएर गएको बताए । वडा नम्वर ७ मा सम्पन्न भएका सातवटा योजनाको फाइल अख्तियारले लगेको बताइएको छ । वडा नम्वर ७  र २२ को विकास योजना कार्यान्वयनमा भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसले पनि अनुगमन समिति बनाएर छानबिन गरेको थियो । उक्त योजनाहरुमा १ करोड ४० लाख भ्रष्टाचार भएको कांग्रेसको दाबी छ ।

 

नगरपालिकाका प्रमुख मण्डलले वडा नम्बर ७ को बिकास योजनामा जम्मा ४४ लाख रुपयाँ खर्च भएको बताए । यसअघि प्रमुख मण्डल र उपप्रमुख रेणु झाबीच नगरपालिकामा संचालित बिकास योजनामा बिनियोजित रकमबारे बिवाद भएको थियो । मण्डल र झा दुबै राजपाबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्