कर्मचारी समायोजन प्रक्रिया एक सातापछि



काठमाडौं : संघीय ढाँचा अनुसार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न तयार पारिएको बुहप्रतीक्षित कर्मचारी समायोजन अध्यादेशलाई मन्त्रिपरिषकको विद्येयक सममितले स्वीकृती गरेको छ । 

बिहिबार बसेको विधेयक समितिले  व्यापक छलफलपछि केही संशोधनसहित अध्यादेबलाई स्वीकृत गर्दै मन्त्रिपरिषमा पेश गर्ने निर्णय गरेको हो । अध्यादेशलाई शुक्रबार मन्त्रिपरिषद्मा पेस गरिनेछ ।

आगामी सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाटछ पारित गराई समायोजन प्रक्रिया थाल्ने तयारी गरिएको संघिय मामिला तथा समान्य प्रशासन मन्त्रायलले जनाएको छ ।

आगामी सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले अध्यादेशलाई स्वीकृत गदै प्रमाणीकरका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने तयारी थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो । 

मन्त्रालयका अनुसार राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेलगत्तै राजपत्रमा प्रकाशन गरेर अध्यादेशलाई कार्यान्वयनमा लगिनेछ । राजपत्रमा सूचना प्रकाशन गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन हुन चाहने कर्मचारीका लागि सूचना आव्हान गर्ने छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्