प्रेस युनियनका ४२ जनाले दिए सामूहिक राजीनामा



उर्लाबारी– नेपाल प्रेस युनियन, मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन्। 

 

युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन्। शुक्रबार अधिवेशन हुँदै छ। 

 

युनियनको अध्यक्षमा पत्रकार भोजराज बस्नेतले दाबी गरेकामा आफूलाई अध्यक्षमा सर्वसम्मत चयन गर्न पहल गरे पनि सहमति हुन नसकेपछि उनको नेतृत्वमा ४२ सदस्यले राजीनामा दिएका हुन्।

 

जिल्ला अध्यक्षमा पत्रकार कुमार लुइँटेलले पनि दाबी गरेका छन्। नेपाल पत्रकार महासंघ मोरङको निर्वाचनका बेला अनन्त न्यौपानेलाई उम्मेदवार बनाउन बस्नेतलाई युनियनको अध्यक्षको जिम्मेवारी दिने भद्र सहमति भएपनि कार्यान्वयनको अवस्था नरहेकाले सामूहिक राजीनामा दिएको बस्नेतले बताए।

 

उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्माले जिल्ला समितिमा ४० प्रतिशत सदस्य रहेको पूर्वी मोरङका पत्रकारलाई युनियनले उपेक्षा गरेकाले राजीनामा दिएको बताएका छन्। शेर्माले केही दिनअघि नेपाली काङ्ग्रेसबाट निर्वाचित उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रेस संयोजकबाट राजीनामा दिएका थिए।

 

जिल्लाको नेतृत्व सदरमुकाम विराटनगरबाहिर दिन युनियनको नेतृत्व सहमत नभएकाले राजीनामा दिएको युनियनका जिल्ला सदस्य समेत तेजन खड्काको भनाइ छ।

 

'राजीनामा दिएका असन्तुष्ट सदस्यसँग छलफल गरेर सहमतिका साथ अघि बढिरहेका छौं,' युनियनका जिल्ला अध्यक्ष मीनकुमार नवोदितले भने। रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पर्सा : प्रहरीको अपराध नियन्त्रण टोलिले असइ पदको लागि नक्कली परिक्षा लिई रहेको अवस्था २७

काठमाडौं : खाडीका ४ देशबाट भोलि (बिहिबार) अर्थात अक्टोबर १ देखि नियमित उडान शुरु हुने

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ । बूढानीलकण्ठमा आज

काठमाडौं : सरकारले बझाङकी सम्झना कामीमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन कडा

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई

चितवन : चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मंगलबार बसेको कार्यपालिका

सप्तरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसन पूर्वानुमान महाशाखाले आज (बुधबार) आंशिक बदली रही

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ सहित देशभर १५१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको