प्रधानमन्त्रीको व्यस्तता बढ्यो, दुई दिनदेखि सोल्टी होटलमा बास



काठमाडौं : साउथ एसिया प्यासिफिक समिटका लागि प्रधानमन्त्रीको व्यस्तता निकै बढेको छ । समिटमा सहभागी हुन चार दर्जन बढी मुलुकका राजनीतिज्ञ नेपाल आएका छन् ।

समिटमा विभिन्न देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, सभामुखसहित विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी छन् । उनीहरूसँगको भेटवार्तामा व्यस्त रहनुपर्ने भएकाले प्रधानमन्त्री ओली बिहीबार साँझदेखि सोल्टी होटलमै बसेका छन् । 

हिजो त्यहीँ सुतेका उनी आज पनि प्रधानमन्त्री निवास बालुवाटार छोडेर पत्नी राधिका र परिवारसँगै सोल्टीमा बस्ने छन् । प्रधानमन्त्री ओलीले आज राति सोल्टी होटलमा केही विदेशी पाहुनासँग वार्ता गर्ने छन् ।

प्रधानमन्त्री ओलीको साथमा नेपाल सरकारका उच्च अधिकारी तथा प्रतिनिधि पनि छन् ।

प्रतिक्रिया दिनुहोस्