हेड टु हेड च्यालेन्ज : शृंखला टप ट्वान्टीमा 



काठमाडौं : श्रृंखला खतिवडा ‘मिस वल्र्ड–२०१८’मा हेड टु हेड च्यालेन्जमा उत्कृष्ट २० (टप ट्वान्टी) मा पर्न सफल भएकी छन् । श्रृंखला समूह विजेता हुँदै उत्कृष्ट २० मा पर्न सफल भएकी हुन् ।  

‘मिस नेपाल–२०१८’ श्रृंखला भोटिङमार्फत प्राप्त मतका आधारमा आफ्नो समूहमा रहेका सुन्दरीहरुलाई पछि पार्दै समूह विजेता बनेकी हुन् । प्रतियोगितामा भाग लिएका सुन्दरीहरुलाई २० वटा समूहमा बाँडेर हरेक समूहबाट एकएक जना छानिएको थियो । छनोटमा परेका २० जनाले मिस वल्र्डको उत्कृष्ट ३० मा आरक्षित १० सिटका लागि आपसमा प्रतिस्पर्धा गर्न पाउनेछन् । 

 

श्रृंखला मल्टिमिडिया टाइटलका लागि पनि अगाडि रहेकी छन् । सोसल मिडियातर्फ भोटिङमा १ सय २१ देशका प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै श्रृंखला एक नम्बरमा पर्न सफल भए उनले मल्टिमिडियाको टाइटल जित्न सक्छिन् । अहिलेसम्म उनी अरुभन्दा अगाडि छिन् ।

 

भोटिङका लागि खुला गरिएको समयदेखि नै श्रृंखलाले लिड गरिरहेकी छिन् । उनले यो टाइटल हात पारे मिस वल्र्डमा नेपाली सुन्दरीले पाएको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हुनेछ । 

प्रतिक्रिया दिनुहोस्